एमटियुले मे डे को अवसरमा पत्रकार सम्मेलन गर्ने

공지사항

एमटियुले मे डे को अवसरमा पत्रकार सम्मेलन गर्ने

04.14 20:48 이주노조


प्रवासी श्रमिकहरुको एक मात्र क्षेत्रिय युनियन प्रवासी श्रमिक युनियन ( एमटियु)अन्तराष्ट्रिय मजदुर दिबस मे डे को अवसरमा स्वइच्छाले कार्यस्थल परिबर्तन गर्न पाउनु पर्ने , मजदुर अधिकार सुनिस्चित हुनु पर्ने , खानेबस्ने खर्च सम्बन्धि निर्देशिका खारेज हुनु पर्ने , थेजिकगुम कार्यस्थलमै पाउनु पर्ने , कृषि क्षेत्रको श्रमिकलाई भेदभाब गर्ने श्रम कानुनको धारा ६३ खारेज गर्नु पर्ने ,प्रवासी श्रमिकलाई गरिने भेदभाब बन्द गर्नु पर्ने ,कृषि क्षेत्रबाट उत्पादन क्षेत्रमा परिबर्तन गर्न पाउनु पर्ने ,उमेरको हद हटाउनु पर्ने ,परिवार ल्याएर बसोबास गर्न पर्नु पर्ने लगायतको माग गर्दै निम्न स्थान ,मिति र समयमा पत्रकार सम्मेनल गर्ने भएकोले  पत्रकार , सबै प्रवासी श्रमिक उपस्थित भईदिनु हुन आह्वान गरिन्छ. सधै मे डे र्यल्ली गर्दै आएकोमा यो बर्ष चहि कोरोना भाइरसको माहामारीको कारणले र्यालीको नगरी पत्रकार सम्मेलन गर्न लागिएको हो .

 

मिति :२०२० अप्रिल २६ तारिक आईतबार

स्थान : सउल सेजुंग मुन्ह्वा होइग्वान ख्वांगह्वामुन (광화문) रेल लाइन न ५ गेट न ९

समय : दिनको २ बजे .

सम्पर्क : उदय राई ०१०-५६७५-२०११

      मधुसुदन ओझां ०१०-३०४६-२९८४