एमटियुले आउदो २३ तारिक (अगष्ट २०२० )आईतबार बृहत र्यालीको आयोजना गर्ने .

공지사항

एमटियुले आउदो २३ तारिक (अगष्ट २०२० )आईतबार बृहत र्यालीको आयोजना गर्ने…

08.07 16:08 이주노조


प्रवासी श्रमिकहरुको एक मात्र क्षेत्रिय युनियन प्रवासी श्रमिक युनियन ( एमटियु) ले २०२० अगष्ट महिनाको २३ तारिक स्वइच्छाले कार्यस्थल परिबर्तन गर्न पाउनु पर्ने , मजदुर अधिकार सुनिस्चित हुनु पर्ने , खानेबस्ने खर्च सम्बन्धि निर्देशिका खारेज हुनु पर्ने , थेजिकगुम कार्यस्थलमै पाउनु पर्ने , कृषि क्षेत्रको श्रमिकलाई भेदभाब गर्ने श्रम कानुनको धारा ६३ खारेज गर्नु पर्ने ,प्रवासी श्रमिकलाई गरिने भेदभाब बन्द गर्नु पर्ने ,कृषि क्षेत्रबाट उत्पादन क्षेत्रमा परिबर्तन गर्न पाउनु पर्ने ,उमेरको हद(४० बर्ष भन्दाबढी उमेर हुनु पर्ने) हटाउनु पर्ने ,परिवार ल्याएर बसोबास गर्न पर्नु पर्ने , कार्य क्षेत्र परिबर्तन(कृषिबाट उत्पादनमा) गर्न पाउनु पर्ने ,इपिएसलाई डब्लुपीएसमा रुपान्तर गर्नु पर्ने लगायतको माग गर्दै निम्न स्थान ,मिति र समयमा बृहत र्यालीको आयोजना गर्ने भएकोले   देशको सबै प्रवासी श्रमिक,पत्रकार लगायत सबै महानुभाबहरु  उपस्थित भईदिनु हुन आह्वान गरिन्छ.

 

मिति :२०२० अगष्ट  २३  तारिक आईतबार

समय : दिनको २ बजे .

स्थान : सउल तोंग्देमुंन गूडमार्निंग सिटि अगाडी  () रेल लाइन न २,४,५ Dongdeamun history and culture park station  gate No 13  

सम्पर्क : उदय राई ०१०-५६७५-२०११

      मधुसुदन ओझां ०१०-३११४ -२९८४