कोरियामा रहेको प्रवासी श्रमिकको हक अधिकार सुनिस्चित गर्न निरन्तर संघर्ष गर्दै आएको प्रवासी श्रमिकको एक मात्र युनियन प्रवासी श्रमिक युनियन (एमटियु)ले नियमित रुपमा प्रवासी श्रमिकसग सम्बन्धित बिबिध बिषयमा शैशिक कार्यक्रम गर्दै आइरहेको छ ।
यसै अनुसार कोरोनको असरले गर्दा जम्मा भएर गर्न नसकिने भएकोले जुम मार्फत प्रवासी श्रमिकलाई मजदुर कानुन ,प्रवासी मजदुर सम्बन्धि परिबर्तन हुने लागेको नियम कानुन, इपिएस कानुन , कार्य अनुमति प्रणाली (डब्लुपीएस) , कार्य स्थलमा श्रमिकले भोगिरहेको बिभिन्न समस्या र त्यसको समाधानको उपाय ,बार्षिक बिदा,थेजिगुम, औधोगिक दुर्घटना र यसको क्षेतिपूर्ति लिने प्रक्रिया ,२०२१ को न्यूनतम तलब , मजदुर युनियन र यसको गतिविधि , खाना तथा आवास खर्च सम्बन्धि निर्देशिका ,कोरोना भिषा लगायत अन्य बिभिन्न बिषयमा जानकारी गराउने उद्देश्यले शैक्षिक कार्यक्रम २०२० डिसेम्बर १२ तारिक सनिबार बेलुकाको ८.३० बजे गर्न गई रहेकोले सबै प्रवासी मजदुरहरु सहभागी भई दिनु हुनकोलागि सुचित गरिन्छ
मिति :२०२० डिसेम्बर १२ तारिक सनिबार . समय : बेलुका ८.३० बजे (कोरियन समय)
स्थान: ZOOM ( Meeting ID:871 2752 5430 Passcode 509271)
सम्पर्क : उदय राई ०१०-५६७५-२०११ मधुसुदन ओझा -०१०-३११४-२९८४