एमटियुले १३३ औ २०२३ अन्तराष्ट्रिय मे दिबस मनाउने

공지사항

एमटियुले १३३ औ २०२३ अन्तराष्ट्रिय मे दिबस मनाउने

04.11 19:00 이주노조

 

 

कोरियामा रहेको प्रवासी श्रमिकहरु स्वयमले गठन गरेको श्रमिक युनियन प्रवासी श्रमिक युनियन (एमटियु) ले १३३ औ अन्तराष्ट्रिय मजदुर दिबस मे डे २०२३को अवसरमा सबै भिषाको प्रवासी श्रमिकले स्वइच्छाले कार्यस्थल परिबर्तन गर्न पाउनु पर्ने , मजदुर सबै अधिकार सुनिस्चित हुनु पर्ने ,खानेबस्ने खर्च सम्बन्धि निर्देशिका खारेज गरि उचित आवासको ब्यबस्था गर्नु पर्नेथेजिकगुम कोरियामै  पाउनु पर्ने , कृषि क्षेत्रको श्रमिकलाई भेदभाब गर्ने श्रम कानुनको धारा ६३ खारेज गर्नु पर्ने प्रवासी श्रमिकलाई गरिने भेदभाब बन्द गर्नु पर्ने ,कृषि क्षेत्रबाट उत्पादन क्षेत्रमा परिबर्तन गर्न पाउनु पर्ने ,उमेरको हद(४०बर्ष) हटाउनु पर्ने ,औधोगिक दुर्घटना रोक्न कडा कानुन लागु गर्नु पर्ने ,परिवार ल्याएर बसोबास गर्न पर्नु पर्ने लगायतको माग गर्दै निम्न स्थान ,मिति र समयमा बृहत जुलुसको आयोजना गर्ने भएकोले सबै प्रवासी श्रमिक उपस्थित भईदिनु हुन आह्वान गर्दछौ. १८८६ तिर श्रमिकहरुले दिनमा १२ देखि १६ घण्टा लामो समय अति नाजुक अवस्था र कम ज्यालामा काम गर्न पर्दथ्यो  त्यसैले मे १ तारिक अमेरिकाको  श्रमिकहरु ८ घण्टा काम गर्ने समय हुनु पर्छ भन्ने माग राख्दै  बिभिन्न ठाउमा ३ लाख श्रमिकहरुले हड्ताल गरेर  मेसिन ठप्प पर्यो .संसार ठप्प भयो .श्रमिकले ८ घण्टा काम गर्ने समय तोक्न माग गर्दै  गरेको यो आन्दोलनको सम्झनामा प्रत्यक बर्ष मे १ तारिक श्रमिकहरुको बिभिन्न माग राख्दै बिभिन्न कार्यक्रमको साथ् यो दिबस मनाईन्छ.यो दिबस १८९० देखि मनाउन शुरु गरिएको हो .

कार्यक्रम स्थान : सउल यौग्सान (용산) स्टेसन गेट न १ 지하철1호선산역1번출구

       मिति :२०२३ अप्रिल ३० आईतबार

       समय : दिनको ३ बजे .सम्पर्क :०१०५६७५२०११ .०१०-४६४८-७९५७